बुधबार, भदौ १०, २०८३

सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

धनगढी– धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार एक सय २२ पुगेको छ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको परीक्षण गरिएकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार आज कैलालीका तीन, कञ्चनपुरका २० जना, बझाङका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिका–११ का दुई महिला र एक पुरुष, कञ्चनपुरको वेदकोट नगरपालिकाका सात पुरुष र चार महिला, शुक्लाफाँटा नगरपालिकाका पाँच पुरुष र एक महिला र लालझाँडी गाउँपालिकाको तीन पुरुषमा कोरोना संक्रण पुष्टि भएको छ।

श्रेष्ठका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–३ का दुई महिला तथा एक पुरुष र छब्बीसपाथीभरा गाउँपालिका–६ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका मध्ये दुई हजार एक सय २९ जना हिजोसम्म डिस्चार्ज भइसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

प्रकाशित: Jul 21, 2020| 16:58 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।