बुधबार, भदौ १०, २०८३

'बिहीबारदेखि सबै रुटमा गाडी चल्छन्, भाडा बढ्दैन '

यातायात व्यवसायीले बिहीबारदेखि सबै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन्। 
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– यातायात व्यवसायीले बिहीबारदेखि सबै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरका तीनवटा ट्रेड युनियनले मंगलबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्।

अब स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा साउन ८ गते सार्वजनिक यातायात सञ्चालन हुनेछ। तत्काल गाडी भाडा बढाउने तयारी नरहेको व्यवसायीले बताएका छन्।

सरकारले छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारीसाधन पनि चलाउने निर्णय गरेका हुन्।
यातायात व्यवसायी र सरकारबीच सोमबार राजधानीलगायत सबै स्थानमा यातायात सेवा सुचारु गर्ने सहमति भएको थियो।

बन्दाबन्दीका कारण चैत १० गतेबाट बन्द यातायात सेवा केही दिन पहिलेबाट छोटो दुरीमा मात्र सञ्चालन भइरहेको छ।

व्यवसायीले उठाएका केही माग मौद्रिक नीतिमा समेटिएपछि उनीहरू गाडी चलाउन सहमत भएका हुन्।

यस्तै चालक र सहचालकको कोराना बिमा गर्नुपर्ने, राज्यका तर्फबाट कोराना बिमा कोष खडा गर्नुपर्ने, कुनै सवारी मजदुरको कोरोना भाइरस संक्रमणबाट निधन भएमा सो कोषबाट राहत उपलब्ध गराउने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले जानकारी दिए।

उनले यात्रु र मजदुर दुवैको सुरक्षा हुने गरी भाडाका सवारीसाधन सञ्चालन गरिने बताए। व्यवसायीले जोरबिजोर प्रणालीअनुसार गाडी चलाउने प्रस्ताव राखेका छन्।

केही दिनअघि सरकारले गाडी चलाउन अनुमति दिएपछि व्यवसायीले ५० प्रतिशतसम्म भाडा लिएर चलाइरहेका छन्।

व्यवसायीले भने तत्काल भाडा नबढाउने भएका छन्। अध्यक्ष कर्माचार्यले भने, ‘हामी भाडा बढाउने पक्षमा छैनौं। हाम्रो गाडी चले चल्छ नचले त्यत्तिकै बस्छ। अहिलेको अवस्थामा भाडा बढाउने हाम्रो तयारी छैन।’

प्रकाशित: Jul 21, 2020| 16:10 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।