बुधबार, भदौ १०, २०८३

नेकपा स्थायी कमिटी बैठक १३ गतेसम्मका लागि स्थगित

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ।

आज दिउँसो साढे १ बजे बसेको बैठक एउटामात्र प्रस्ताव पारित गरेर १३ गतेसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

केही दिनयता देशभर आइपरेको प्राकृतिक विपत्तिलाई मध्यनजर गरेर बैठक एक साता स्थगित गरिएको उनले बताए। बैठकले बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिमा परेकाहरुको उद्धार तथा राहतमा खटिन कार्यकर्तालाई निर्देशन पनि दिएको छ।

अन्य कुनै विषयमा बैठकमा छलफल नभएको उनले जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी ओली भने उपस्थित थिएनन्।

सचिवालय बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याएर राष्ट्रपति निवासमा लगिएको सत्य हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले त्यसमा सत्यता नभएको बताए। श्रेष्ठले आफूहरुको अध्यक्ष झुक्किने खालको नभएको टिप्पणी गरे।

यसअघि सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास शीतल निवासमा गएका थिए ।

त्यसपछि दाहालको निवास खुमलटारमा बसेको स्थायी कमिटीका केही सदस्यहरुको अनौपचारिक बैठकमा आफू परिबन्धमा परेर राष्ट्रपति निवास पुगेको बताएका थिए।

नेकपाको स्थायी कमिटी बैठक १० असारदेखि जारी छ।

प्रकाशित: Jul 21, 2020| 13:59 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।