बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिका कारण गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढ्यो : कोइराला

राष्ट्रपतिका कारण गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढ्यो : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन्।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन्।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा मंगलबार अयोजित अर्चुअल कार्यक्रममा कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए।

उनले आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको समेत बताए। साथै कोइरालाले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उमेदवार हुने बताए।

उनले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको स्पष्ट पारे। ‘कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन, हामी भनेर लाग्नुपर्छ,’ कोइरालाले भने, ‘कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाउँ हुनुपर्छ।’

कोइरालाले राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने भन्दै अहिलेको अवस्थामा म भन्दा पनि हामी भनेर लाग्नुपर्ने बताए। कांग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको पनि उनले बताए।

महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोपसमेत लगाए।

कोइरालाले महाधिवेशन हुनका लागिमात्र ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन् भनेर प्रश्नसमेत गरे। कोइरालाले आफूले सभापति देउवालाई सधै सहयोग गरेको भन्दै तर सभापति पार्टीमा एकलौटी गर्न नछोडेकाले आफू पनि सभापतिका विरुद्धमा लाग्न बाध्य भएको स्पष्ट पारे।

महामन्त्री कोइरालाले अहिले नेकपासँग प्रतिस्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताए।

कोइरालाले नेपाली कांग्रेस र मुलुक अब वीपी कोइरालाले देखाएको राजनीतिक आर्थिक तथा सामाजिक परिवर्तनको बाटोमा हिँड्न आवश्यक रहेको स्पष्ट पारे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर धर्ती, बद्री पाण्डे गगन थापाले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए।

प्रकाशित: Jul 21, 2020| 12:38 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।