बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपीकाे विचार पछ्याएमात्र समृद्धिमा पुग्न सकिन्छ : देउवा

बीपीकाे विचार पछ्याएमात्र समृद्धिमा पुग्न सकिन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला सानो देशका अग्ला व्यक्तित्व र दूरदर्शी राजनेता रहेको बताएका छन्।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला सानो देशका अग्ला व्यक्तित्व र दूरदर्शी राजनेता रहेको बताएका छन्।

बीपी कोइरालाको पुण्य तिथिका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा जुममार्फत भएको कार्यक्रममा सम्बोधन गर्दै देउवाले प्रजातान्त्रिक समाजवादको बीपीको विचार अहिले झनै सान्दर्भिक भएको रहेको बताए।

उनले भने, ‘नेपालले आज हिँड्ने मूल बाटो बीपीकै विचार र विश्वासको बाटो हो। उहाँको बाटो इमानदार ढंगले पछ्याएर मात्रै हामी सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्छौं।’

राष्ट्रमाथि संकट आउँदा बीपी जीवन जोखिममा पारेर ०३३ सालमा स्वदेश फर्किएको स्मरण गर्दै देउवाले भने, ‘आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका बेला बीपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनुपर्छ।’

देउवाले साहित्यमा बीपीको फरक व्यक्तित्व र उचाइ रहेको बताए। उनले भने, ‘अग्रणी साहित्यकार बीपी मनोवैज्ञानिक कथा लेखनमा बेजोड हुनुहुन्थ्यो।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदिप गिरि, डा. सुरेश आचार्य एवं स्वदेश र विदेशबाट सहभागीहरुले बीपी विचार केन्द्रित विभिन्न प्रश्नहरूको उत्तर दिएका थिए।

प्रकाशित: Jul 21, 2020| 12:29 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।