बुधबार, भदौ १०, २०८३

पार्टी एकताको रक्षा नै बटमलाइन : नारायणकाजी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा नै बटमलाइन भएको बताएका छन्।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा नै बटमलाइन भएको बताएका छन्।

पार्टीभित्रको आन्तरिक विवादलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।

मंगलबार मध्यान्ह ट्विट गर्दै उनले भनेका छन्, पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण हो। तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ, श्रेष्ठले ट्विट गरेका छन्।

गएको असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठकबाट निकास निस्कन सकेको छैन। बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको राजीनामा उठेपछि बैठक अवरुद्ध हुँदै आएको छ।

असार २२ गतेपछि ६ पटक बैठक स्थगित भइसकेको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको छ।

प्रकाशित: Jul 21, 2020| 12:13 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।