बुधबार, भदौ १०, २०८३

दार्चुला पहिरोमा दुईको मृत्यु, तीन जना घाइते

दार्चुला– दार्चुलामा पहिरोमा परेर दुई जनाएको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाकोे मालिकार्जुन गाउँपालिका–८, शंकरपुरस्थि पस्तीमा पहिरो गएको हो ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

दार्चुला– दार्चुलामा पहिरोमा परेर दुई जनाएको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाकोे मालिकार्जुन गाउँपालिका–८, शंकरपुरस्थि पस्तीमा पहिरो गएको हो ।

पहिरोमा परेर लेकम गाउँपालिका–५ घर भएका अर्जुन दर्जी र मिलन दर्जीको मुत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते हुनेमा घरधनी लक्ष्मी ढोलीका ९ वर्षिय छोरा र १४ वर्षिय छोरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टले बताए ।

मृतकको शव पहिरोले च्यापिएको अवस्थामा घरभित्रबाट निकालिएको हो। मृतकहरु गौरा पर्वका लागि लुगा सिउन शंकरपुर आएको बताइएको छ ।

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट उद्धारको तयारी भैरहेको प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले बताए ।

प्रकाशित: Jul 21, 2020| 11:49 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।