काठमाडौं- सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ। हिजो यसको मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको थियो।
यस्तै, तेजाबी सुन ९२ हजार २६० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला १०४० रुपैयाँ तोकिएको छ।