बुधबार, भदौ १०, २०८३

बाढीमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार

इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं- इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटिएको सेनाको टोलीले माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई हिजो राति उद्धार गरेको हो।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका-५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि उनीहरु फसेका थिए। खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुलाई बाढीबाट निकालेको छ।

भंगालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु बसेका थिए।

प्रकाशित: Jul 21, 2020| 11:13 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।