काठमाडौं- पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ।
बुलिङटार गाउँपालिकाका २, डाँडाझेरीका शेरबहादुर नेपाली र उनकी पत्नीको मृत्यु भएको हो। गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले पहिरोमा पुरिएका दुवैको शव स्थानीयले निकालेको जानकारी दिए।
उनका अनुसार पहिरो बिहान करिव ४ बजेको समयमा गएको हो।