बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त

 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

महालक्ष्मी विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा यसअघि बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सागर शर्मालाई नियुक्त गरेको छ ।

बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मिति २०७७ श्रावण ०२ गते बसेको सञ्चालक समितिको निर्णयले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले नव नियुक्त कार्यकारी अधिकृत शर्मालाई केन्द्रीय कार्यालयमा आज भव्य कार्यक्रमबीच स्वागत गरेको छ ।

उक्त कार्यक्रममा बैंकका नवनियुक्त कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा आफु तत्पर रहने प्रतिबद्घता जनाए ।

नवनियुक्त अधिकृत शर्माले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह समेत गरे ।

उनले बैंकप्रतिको जनविश्वास बढाउँदै गुणस्तरिय सेवा प्रदान गर्नमा सम्पूर्ण बैंक परिवारलाई जुट्न आग्रह गरे ।

प्रकाशित: Jul 21, 2020| 10:44 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्