बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलामा पहिरोमा पुरिएर दुई जना बेपत्ता, दुईको उद्धार

दार्चुलामा पहिरोमा पुरिएर दुई जना बेपत्ता, दुईको उद्धार

दार्चुलामा पहिरोले घर बगाएउँदा दुई जना वेपत्ता भएका छन् भने दुई जनाको जीवितै उद्धार गरिएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं- दार्चुलामा पहिरोले घर बगाएउँदा दुई जना वेपत्ता भएका छन् भने दुई जनाको जीवितै उद्धार गरिएको छ।

मालिकार्जुन गाउँपालिका–८ शंकरपुर बस्तीमा घर माथिबाट पहिरो खसेर घाईते भएका दुई जनाको उद्धार गरिएको छ भने दुई जना अझै वेपत्ता भएका हुन् ।

मिलन दमाई र अर्जुन दमाई वेपत्ता रहेको प्रहरीले जनाएको छ। दिदी भेट्न आएका उनीहरु पहिरोमा पुरिएका हुन् ।

पहिरोमा पुरिएका ३५ वर्षीया लक्ष्मी ढोली र ९ वर्षीय छोरा शुवमको स्थानीयले जीवितै उद्धार गरेका छन्।

वडा कार्यालयको शौचालय र ग्राउन्ड भत्किएपछि त्योसंगै तल रहेको घर पनि भत्किएको वडा सदस्य केशवसिह धामीले जानकारी दिए ।

प्रकाशित: Jul 21, 2020| 10:42 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।