बुधबार, भदौ १०, २०८३

नारायणी नदी बस्तीमा पस्यो, भरतपुरका ४ वडा जोखिममा

अविरल बर्षासँगै पानीको बहान उच्च बनेको नारायणी नदी बस्तीमा पसेको छ ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

चितवन- अविरल बर्षासँगै पानीको बहान उच्च बनेको नारायणी नदी बस्तीमा पसेको छ ।

चितवनको भरतपुर महानगरपालिका बडानम्बर १६, २६, २७ र २८ नम्बरका घरहरुमा पानी पसेको प्रहरीले जनाएको छ । विभिन्न स्थानमा नारायणी नदीको पानी पसेपछि त्यहाँका सर्वसाधारण त्रसित भएका छन्।

नदीको पानी पसेपछि भगडी सिसुवा, सिसै, न्यूरेचोक, गाँजिपुरसहित आधा दर्जनभन्दा धेरै बस्ति प्रभावित भएका छन् भने घरहरु पुरै डुवानमा परेका छन् । त्रसित बनेका स्थानीय घर छाडेर बाहिर निस्किएका छन् ।

अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरणको गर्ने तयारी भईरहेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

अविरल बर्षाका कारण नारायणी नदीले अहिले सतर्कता तह पार गरेको छ । यसअघि खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन नदी मापन केन्द्रले आम सर्वसाधारणलाई अपील गरेको थियो।

नारायणी नदीले जल सतर्र्कता तह पार गर्दै नारायणी नदी किनारमा राखिएको हात्तीको प्रतीमा बगाएको छ ।

प्रकाशित: Jul 21, 2020| 09:48 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।