बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तकोसीमा पानीको बहाव खतराको स्तरभन्दा माथि, ४६ ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव खतराको स्तरभन्दा माथि, ४६ ढोका खोलियो

अविरल वर्षासँगै उर्लिएको बाढीका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

सुनसरी- अविरल वर्षासँगै उर्लिएको बाढीका कारण सप्तकाेसी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ।

मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकाेसीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ।

ब्यारेज प्रशासनका अनुसार सप्तकाेसीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ।

पानीको बहाव खतराभन्दा माथि पुगेसँगै रातो बत्ती बालिएको छ भने ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ। जलस्तर बढेर बाँध भत्काउने र बस्तीमा पस्ने खतरा भएसँगै ढोका क्रमशः खोलिएको काेसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

कन्ट्रोलका अनुसार पानीको बहाव र त्यसको चापले नहरमा क्षति पुग्न सक्ने देखिएपछि पूर्व र पश्चिम नहरका ढोका भने बन्द गरिएको छ।

सप्तरी र सुनसरीका सप्तकाेसी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् ।

अहिले पनि उक्त क्षेत्रमा वर्षा भइरहेको छ भने सप्तकाेसीका सहायक नदीहरुमा बाढी झनै बढेको छ।

प्रकाशित: Jul 21, 2020| 09:06 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।