बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यरातमा पहिरो जाँदा धादिङमा बाबु, आमा र छोरीको मृत्यु

मध्यरातमा पहिरो जाँदा धादिङमा बाबु, आमा र छोरीको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मध्यरातमा आएको पहिरोमा पुरिएर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ।

राति सुतिराखेका बेला अकस्मात गएको पहिरोले घर पुरेको थियो । पहिरो गएलगत्तै स्थानीय बासिन्दाले उनीहरुको खोजी गर्ने क्रममा तीनै जनाको शव भेटिएको स्थायीयको भनाइ उदृत गर्र्दै जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, डीएसपी रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार उनीहरूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

हिजो धादिङको गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारको पहिरोमा परि मृत्यु भएको थियो। अहिले पनि निरन्तर वर्षा भइराखेको छ ।

प्रकाशित: Jul 21, 2020| 08:46 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।