बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै तीन दिन लगातार भारी वर्षा हुने, कहाँ कति वर्षा भयो ?

अझै तीन दिन लगातार भारी वर्षा हुने, कहाँ कति वर्षा भयो ?

मनसुन सक्रिय भएसँगै आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिनसम्म कायम रहने भएको छ ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं- मनसुन सक्रिय भएसँगै आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिनसम्म कायम रहने भएको छ ।

मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेका कारण देशका अधिकांश भूभागमा बिहीबारसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश नम्बर २, ५, गण्डकी प्रदेश र बागमति प्रदेशका विभिन्न स्थान भारी वर्षा भइरहेको छ । प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि लगातार वर्षा भइरहेको छ । यो क्रम आज दिनभर जारी रहने महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार उपत्यकासहित देशैभर आगामी तीन दिन लागातार वर्षा हुनेछ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा बढि वर्षा रुपेन्देहीमा भएको छ । जहाँ १ सय ९० मिलिमिटर वर्षा भएको छ भने कपिलवस्तुमा १ सय १० मिलिमिटर वर्षा भएको मौसमविद् शाक्यले जानकारी दिइन् ।

उनका अनुसार मकवानपुर गढीमा ११४, पोखरामा १०५, धनुषामा ९८, सिमरामा ८३ काठमाडौं उपत्यकामा ५५.३ मिलिमिटर वर्षा भएको छ । त्यस्तै परासी ५९, धनकुटामा ३१ दार्चुलामा ३१ मिलिमिटर वर्षा भएको छ ।

५० मिलिमिटरभन्दा बढि वर्षा भएको अवस्थालाई भारी वर्षा भन्ने गरिन्छ । १ सय मिलिमिटरभन्दा बढि वर्षा भए अत्ति भारी वर्षा भन्ने गरिन्छ ।

भारी वर्षासँगै देशका विभिन्न ठाउँ डुवानमा पर्ने, नदीमा जलस्तर बढ्ने र पहिरो जाने क्रम तिब्र बनेको छ ।

प्रदेश २ र प्रदेश ५ का अधिकांश भूभाग डुवानमा परेका छन् भने ठाउँ ठाउँमा बाढी बस्तीमा पसेको छ । पहाडी जिल्लामा पहिरोको जोखिम उच्च बनेको छ ।

प्रकाशित: Jul 21, 2020| 07:55 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।