बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरो : लमजुङमा १३ परिवारलाई सुरक्षित ठाउँमा सारियो

बाढीपहिरो : लमजुङमा १३ परिवारलाई सुरक्षित ठाउँमा सारियो

लमजुङमा सुन्दरबजार, राईनास नगरपालिका, दूधपोखरी र दोर्दी गाउँपालिकाका १३ घर परिवार सुरक्षित स्थानान्तरण भएका छन्।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

लमजुङमा सुन्दरबजार, राईनास नगरपालिका, दूधपोखरी र दोर्दी गाउँपालिकाका १३ घर परिवार सुरक्षित स्थानान्तरण भएका छन्।

दूधपोखरी–२ जल्केनीका कमलप्रसाद तामाङ र बेलबहादुर तामाङको घर पहिरोले पुरिएपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ। दूधपोखरी–५ बन्देस्वाँराका तीन घर पनि पहिरोले पुरिएको प्रहरीले जनाएको छ।

बन्देस्वाँराका रामबहादुर तामाङ, कालीमाया तामाङ र कामी तामाङको घर पहिरोले पुरिएको हो। सोही स्थानका कलबहादुर तामाङको घर पनि पहिरोको जोखिममा भएपछि स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

यसैगरी दोर्दी गाउँपालिका–३ काल्चेका दुई घर पनि पहिरोका कारण स्थानान्तरण भएका छन्। दोर्दी–५ लामीस्वाँराका कृष्णप्रसाद अधिकारीको घर पनि पहिरोले पुरिएको छ।

राईनास नगरपालिका–६ धमीलीकुवामा जुना सिलवालको घर डुबानमा परेको छ भने सुन्दरबजार–९ फेदीकुनास्थित रामप्रसाद लौनियाको घरमा पनि पहिरोले क्षति पुर्याएको छ। सुन्दरबजार–१ भागीरथी भञ्ज्याङका विकास श्रेष्ठ र केशवराज न्यौपानेको घरमा पनि पहिरोले क्षति पुगेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ।

अविरल वर्षा र पहिरोका कारण जिल्लाका अधिकांश स्थानमा उच्च सतर्कता अपनाइएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। पहिरोका कारण लमजुङ–मनाङ सडक खण्ड पनि अवरुद्ध भएको छ। जिल्लाका अधिकांश ग्रामिण सडकहरु पनि अवरुद्ध भएका छन्।

गत साताको पहिरोमा परी जिल्ला सदरमुकाम बेसीसहरमा एकै परिवारका तीन जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: Jul 21, 2020| 06:38 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।