बुधबार, भदौ १०, २०८३

तनहुँमा पहिरोले पुरिएर हजुरआमा-नातिनीको मृत्यु

तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा सोमबार पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा सोमबार पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुवै जना बेपत्ता भएका थिए। वेपत्तामध्ये शिताष्माको उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। तिलमायाको भने घटनास्थलमै शव निकालिएको छ।

पहिराले पुरिएर तनहुँमा एकसाताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो। व्यासका एक जना भने अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । – रासस

प्रकाशित: Jul 21, 2020| 06:34 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।