बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको भ्याक्सिनबारे डब्लुएचओले भन्यो– अझै लामो बाटो तय गर्न बाँकी छ

कोरोनाको भ्याक्सिनबारे डब्लुएचओले भन्यो– अझै लामो बाटो तय गर्न बाँकी छ

कोरोनाका लागि अहिले विश्वभर २३ वटा भ्याक्सिनमा काम भइरहेको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा महत्वपूर्ण सफलता मिलेको समाचार सार्वजनिक भइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने अझै लामो बाटो तय गर्न बाँकी रहेको बताएको छ।

उक्त परिणामलाई स्वागत गर्दै उसले कोरोनाको तीव्र फैलावट रोक्न तुरुन्तै काम गर्नुपर्नेमा जोड दिएको छ।

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित प्रेस ब्रिफिङमा डब्लुएचओका आपतकालीन कार्यक्रम निर्देशक डा. माइक रेयानले कोरोनाको भ्याक्सिन बनाइरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाई दिएका छन्। साथै उनले भनेका छन्, ‘यो सकारात्मक परिणाम हो, तर अझै लामो बाटो तय गर्न बाँकी नै छ।’

कोरोनाका लागि अहिले विश्वभर २३ वटा भ्याक्सिनमा काम भइरहेको छ। डब्लुएचओका प्रमुअ डा. टेड्रोस एदनहोम गेब्रेयासिसले भ्याक्सिन निर्माणमा भइरहेको चौतर्फी प्रयासको सराहाना गर्दै भ्याक्सिन सबैले पाउनुपर्नेमा जोड दिँदै आएका छन्। ‘हामीले धेरैको जीवन बचाउनु छ,’ उनले भने।

 

प्रकाशित: Jul 21, 2020| 05:52 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।