काठमाडौं- सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान सुचारुको तयारीका लागि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरसको संक्रमण फैलनसक्नेबारे सचेत रही भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसबारे आवश्यक प्रोटोकोल मिलाउन सरकारले मन्त्रालयलाई निर्देशन दिएको छ।
सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।