बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा आज (सोमबार) १२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

विराटनगर- प्रदेश १ मा आज (सोमबार) १२ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ६, सोलुखुम्बुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्बुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८०५ पुगेको छ।

प्रदेश १ मा सोमबार ८ जना डिस्चार्ज भएका छन्। कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर) बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन्। प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय १० पुगेको छ।

प्रदेश १ मा सोमबार ९ सय २८ जनाको कोरोना परीक्षण गरिएको छ। १ सय ८५ महिला र ७ सय ४३ पुरुषको कोरोना परीक्षण गरिएको छ। प्रदेश १ मा आजसम्म ३६ हजार ३ सय ९१ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 20, 2020| 17:30 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।