बुधबार, भदौ १०, २०८३

२७ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?

नेपालमा आज (सोमबार) २७ वटा जिल्लामा १८६ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी बाराका ४६ जना छन्।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

नेपालमा आज (सोमबार) २७ वटा जिल्लामा १८६ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी बाराका ४६ जना छन्।

त्यस्तै डोटीका ४० जना, सर्लाहीका २३ जना, सप्तरीका ९ जना, कास्कीका ८ जना, रुकुम पूर्वका ७ जना, सुनसरी र दाङका ६–६ जना, सोलुखुम्बु, रोल्पा, सुर्खेत र पर्साका ४–४ जना, झापा र सल्यानका ३–३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषा, काठमाडौं, तनहुँ, बाँके र दैलेखमा २–२ जना संक्रमित थपिएका छन्।

त्यस्तै ललितपुर, लमजुङ, इलाम, मोरङ, सिरहा, स्याङ्जा, हुम्ला, कालिकोट र कैलालीका १–१ जना संक्रमित देखिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ भने हाल सक्रिय संक्रमित ५ हजार ९३६ जना छन्।

प्रकाशित: Jul 20, 2020| 17:09 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।