बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आज सोमबार ११ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

कर्णाली प्रदेशमा आज सोमबार ११ जना कोरोना संक्रमित थपिएका छन्।

सुर्खेतको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का ४८ वर्षीय पुरुष, वडा नं १२ का ३३ वर्षीया महिला, पञ्चपुरी नगरपालिका–३ का ३६ वर्षीय पुरुष र वडा नं ४ का ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कालिकोट पलाँता गाउँपालिका–१ का २१ वर्षीय पुरुष, सल्यान कालिमाटी गाउँपालिका–३ का ३९ वर्षीय पुरुष, हुम्ला नाम्खा गाउँपालिका–३ का ५१ वर्षीय पुरुष र दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २९ वर्षीय पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै दैलेखमा गरिएको परीक्षणमा दैलेख महावु गाउँपालिका–२ का ३३ वर्षीया पुरुष र भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा सल्यान सारदा नगरपालिका–१ का ३९ वर्षीय पुरुष र वडा नं। १५ का २४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार सात सय ४५ जना पुगेको छ । त्यस्तै आज नै प्रदेश अस्पताल सुर्खेतबाट तीन जना, कालिकोटको सान्नीत्रिवेणी आइसोलेसनबाट पाँच जना गरी आठ जना डिस्चार्ज भएका छन् ।

संक्रमण पुष्टि भएका मध्ये हालसम्म एक हजार पाँच सय १९ जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रकाशित: Jul 20, 2020| 16:54 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।