बुधबार, भदौ १०, २०८३

सुर्खेतमा ब्रत बसेकी महिलाको मृत्यु

सुर्खेतमा ब्रत बसेकी एक महिलाको मृत्यु भएको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

सुर्खेत- सुर्खेतमा ब्रत बसेकी एक महिलाको मृत्यु भएको छ।

साउनको सोमबारे ब्रत बसेकी बराहताल गाउँपालिका–४ सिम्लेपानीकी लक्ष्मी शाहीको आज दिउँसो मन्दिरमै मृत्यु भएको हो।

बराहताल गाउँपालिका वडा नं. ८ भेट्टेघारीमा रहेको शिवधाम मन्दिरमा पुजा गर्ने क्रममा शाहीको मृत्यु भएको बराहताल गाउँपालिका वडा नं. ८ वडाध्यक्ष मणिराज कार्कीले जानकारी दिए।

मृतक शाही पुजा गर्न भनी आइतबार आफन्तसहित घरबाट निस्केकी थिइन्। आइतबार तरंगामा बास बसेकी शाही सोमबार बिहानै कर्णाली नदीको जल लिएर मन्दिर फर्केर्की थिइन।

मन्दिरमा जल चढाउन लाइनमा बसेकी उनी एक्कासी बेहोर भएर ढलेकी थिइन्। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिइन्।

प्रकाशित: Jul 20, 2020| 16:37 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।