बुधबार, भदौ १०, २०८३

आज १८६ जनामा कोरोना पुष्टि, १७३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल १७ हजार ८४४ जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा विभिन्न २७ वटा प्रयोगशालमा ४ हजार २१६ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

हाल देशका विभिन्न क्वारेन्टिनमा २२ हजार २२८ व्यक्ति बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७३ जना विभिन्न आइसोलेसन तथा अस्पतालबाट डिस्चार्ज भएका छन्।

आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ रहेको छ। यो ६६ दशमलब ५१ प्रतिशत हो।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशका ७ वटा जिल्ला कोरोना संक्रमणविहीन भएका छन्। केही समयअघि देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको थियो।

अहिले भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला अहिले कोरोना संक्रमण मुक्त भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० रहेको छ।

प्रकाशित: Jul 20, 2020| 16:28 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।