बुधबार, चैत ११, २०८२

प्राध्यापकले गरे त्रिविमा तालाबन्दी

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं– प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ।

National life

विश्वविद्यालयसमक्ष पटकपटक राखिएको शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक मागका सम्बन्धमा प्रशासनले चासो नदेखाएको विरोधमा संघले उपकुलपति कार्यालय, रजिस्ट्रार, रेक्टर र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको हो।

संघका अध्यक्ष जगत तिमिल्सिनाले भने, ‘संघले वैशाख २८ गते (विज्ञप्ति), जेठ १३ गते (विज्ञप्ति), २५ गते (ज्ञापनपत्र), असार ४ गते विरोधपत्र र सयौं प्राध्यापकहरुको उपस्थितिमा असार १९ गते ७ दिनको समय सीमा (अल्टिमेटम) दिँदा पनि त्रिवि प्रशासन कानमा तेल हालेर बसेपछि तालाबन्दी गर्न बाध्य भएका हौं।’

अध्यक्ष तिमिल्सिनाका अनुसार उपकुलपतिसमक्ष विश्वविद्यालयमा भइरहेको ह्रासोन्मुख प्राज्ञिक, शैक्षिक तथा प्रशासनिक गतिविधिप्रति ध्यानाकर्षण गराउँदै समयसापेक्ष निश्चित एवम् पारदर्शी मापदण्ड निर्धारण गरी सबैको स्फूर्त सहभागितामा विश्वविद्यालय सञ्चालनको मागसहितको ज्ञापनपत्र बुझाइएको थियो।

उनले भने, ‘समय सीमा सकिँदै जाँदा विश्वविद्यालय प्रशासनले सरोकारविहीन व्यक्तिहरु संलग्न कथित वार्ता समिति गठन गरी जिम्मेवारीबाट पन्छिने कार्य गर्‍याे।’

वार्ता समिति अस्वीकार्य रहेको जानकारी गराउँदासमेत यस संघप्रति उपकुलपति प्रशासनले गरेको चरम बेवास्ता गरेपछि तालाबन्दीको विकल्प नभएको तिमिल्सिनाले बताए।

Laxmi sunrise bank
kumari

उनले भने, ‘संघर्षको पहिलो कदमका रुपमा अनिश्चित समयका लागि उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगका सम्पूर्ण कार्यालयमा तालाबन्दी गरिएको छ।’ उनले दोस्रो चरणमा त्रिविका ६५ वटै आंगिक क्याम्पसमा तालाबन्दी गरिने बताए।

नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्धबहादुर थापाले त्रिवि प्रशासनले प्राध्यापकहरुले उठाएका जायज माग सम्बोधन नगरिएसम्म तालाबन्दी कायमै रहने बताए। उनले भने, ‘प्राध्यापक संघका तर्फबाट पनि संघले विभिन्न माग राख्दै आएको छ। तर त्रिविले सुनेको छैन। यस्तै भइरहे पनि हामी पनि थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।’

प्रकाशित: Jul 20, 2020| 16:02 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्