गत आर्थिक वर्षमा आन्तरिक राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशत अर्थात् २६ अर्ब रुपैयाँले बढेर ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको छ।
कोभिड–१९ का कारण करिव ४ महिनासम्मको लकडाउनले आर्थिक क्षेत्र समस्यामा परे पनि आन्तरिक राजस्व भने गत वर्षको भन्दा वृद्धि भएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा आयकर २ खर्ब १७ अर्ब २६ करोड, मूल्य अभिवृद्धि कर ९८ अर्ब २२ करोड, अन्तःशुल्क ६४ अर्ब ७९ करोड र अन्य ४ अर्ब ४ करोड गरी कुल ३ खर्ब ८४ अर्व ३१ करोड राजस्व संकलन भएको छ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन भएको थियो।
विभागका अनुसार गत वर्ष एक लाख ९४ हजार व्यावसायिक स्थायी लेखा नम्बर र ९५३ हजार व्यक्तिगत स्थायी लेखा नम्बर गरी ११ लाख ४७ हजार नयाँ करदाता थपिएका छन् ।