काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ।
सोमबार आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तान एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले विकास निर्माणको अन्तिम किस्ता भुक्तानी दिने क्रममा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।