बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जन्मदिन मनाइदिने प्रलोभनमा पारेर १३ वर्षीया बालिकालाई दलालले पुर्‍याए भारत

जन्मदिन मनाइदिने प्रलोभनमा पारेर १३ वर्षीया बालिकालाई दलालले पुर्‍याए भारत

१३ वर्षीया एक बालिकालाई काभ्रेको पनौती बस्ने ईशा श्रेष्ठले जन्मदिन मनाइदिन्छु भन्दै ललाईफकाई भारतको ओसानमा लगेर बेचिन्।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं- १३ वर्षीया एक बालिकालाई काभ्रेको पनौती बस्ने ईशा श्रेष्ठले जन्मदिन मनाइदिन्छु भन्दै ललाईफकाई भारतको ओसानमा लगेर बेचिन्।

घटना २०७६ फागुन २६ गते शिवरात्रीको दिनको हो। बालिका बेचिएको भन्दै उनकी भाउजुले जेठ १६ गते नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण व्यूरोमा उद्धारका लागि निवेदन दिइन्।

बेचिएकी बालिकाको व्यूरोको टोलीले भारतीय प्रहरीको समन्वयमा जेठ २९ गते उद्धार गर्‍यो। बेचबिखनमा संलग्न ईशा र अर्का एक जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

व्यूरोले बेचबिखनमा परेका तथा बेचिन लागेकाहरुलाई लकडाउनको अवधिमा उद्धार गरेको यो एक प्रतिनिधि घटना हो।
व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार लकडाउनको अवधिमा बेचिएका र बेचिन लागेका २८ जनालाई भारतबाट उद्धार गरिएको छ।

दिल्लीस्थित जोरदाको एक घरको कोठामा राखेर शारीरिक तथा मानसिक यातना भोगिरहेका ६ जना महिलालाई व्यूरोको टोलीले जुन ३० तारेखमा उद्धार गर्‍यो।

तेस्रो मुलुक कुवेत, ईराक र साउदीमा राम्रो काम लगाइदिने भनी विभिन्न प्रलोभनमा पारी काठमाडौं, पोखरा, बुटवल, दाङ हुँदै नेपालगञ्ज सिमानाबाट उनीहरुलाई दलालले भारतको राजधानी दिल्ली पुर्‍याएका थिए।

मार्च १५ तारिखबाट उनीहरु दिल्लीको एक घरमा बन्धक बनेको उजुरी व्यूरोमा परेपछि दिल्लीस्थित सामाजिक संगठन नेपाली देशभक्त आवाज र नेपालमा रहेको शान्ति पुनर्स्थापना गृहसँगको समन्वयमा व्यूरोले उद्धार गरेको थपलियाले जानकारी दिए।

यस्तै विभिन्न समयमा भारत गएका २१ जना महिलाहरुलाई विभिन्न संस्था तथा भारतस्थित नेपाली दूतावाससँगको सहकार्यमा व्यूरोले असार ३० गते उद्धार गरी काठमाडौ ल्याएको र थप अनुसन्धान भैरहेको थपलियाले जानकारी दिए।

नवलपरासी, कैलाली, सुनसरी, चितवन र कास्कीमा दुई–दुई, मकवानपुर, बर्दिया र बाँकेमा एक–एक गरी १३ जनाको उद्धार गरी कानून बमोजिम कारवाही भैरहेको थपलियाले जानकारी दिए।

व्यूरोका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा १ हजार ७९८ जना बेचबिखनमा परेका छन्। जसमध्ये महिलाको संख्या १ हजार ५८० र पुरुषको संख्या २१८ छ।

यस अवधिमा मानव बेचबिखन कार्यमा २ हजार २९३ जना संलग्न रहेको व्यूरोले जनाएको छ। जसमध्ये १ हजार ४८६ जना पक्राउ परेका छन् भने ८०७ जना फरार छन्।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम अनुसन्धान तथा कानूनी कारबाही भैरहेको व्यूरोले जनाएको छ।

माइती नेपालका निर्देशक अच्युत नेपाल वार्षिक ३५ हजार महिला तथा बालबालिकाहरु बेचबिखनको जोखिममा परेको बताउँछन्।

अँझै १३ हजार बढी मानिस हराएको उनले बताए। विभिन्न लोभ लालच देखाएर नेपालबाट चेलिबेटी बेचबिखनका लागि भारत लैजाने गरेको र यौनदेखि श्रमिकका रुपमा प्रयोग भइरहेका छन्।

माइती नेपालको तथ्यांकअनुसार प्रत्येक वर्ष १० हजार नेपाली महिला भारत र खाडी मुलुकमा बेचिने गरेका छन्। कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपालको तथ्यांकमा उल्लेख छ।

नेपालमा गरिबी, अशिक्षा, देखासिकी, वैदेशिक रोजगारीको लहरलगायत विभिन्न आर्थिक तथा सामाजिक कारणले नेपाली महिला बेचबिखनको सिकार बन्दै गएको यसका जानकारहरु बताउछन्।

प्रकाशित: Jul 20, 2020| 15:40 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।