बिहीबार, साउन २१, २०८३

अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा मन्त्रालयले स्थगन गरिएको अनलाइन कक्षा सञ्चालन गर्न निजी विद्यालयलाई अनुरोध गरेको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं– शिक्षा मन्त्रालयले स्थगन गरिएको अनलाइन कक्षा सञ्चालन गर्न निजी विद्यालयलाई अनुरोध गरेको छ।

निजी विद्यालयका समस्या समाधान गर्न मन्त्रालय परामर्शमा रहेको र चाँडै ठोस निरुपण हुने भन्दै अनलाइन कक्षालाई निरन्तरता दिन अनुरोध गरेको हो।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत पनि शिक्षालगायत व्यवसायले लिएको कर्जाको साँवा ब्याज भुक्तानी गर्ने अवधि थपिएको पनि मन्त्रालयले जनाएको छ।

अनलाइन कक्षा सञ्चालन गर्दा व्यवहारिक कठिनाइ देखापरे स्थानीय सरकारसँग समन्वय गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

निजी विद्यालयले शुल्क, भाडा, कर्जा, कर्मचारीको तलबलगायतको माग सम्बोधन नभएको भन्दै १ साउनदेखि अनलाइन कक्षा स्थगन गरेका छन्।

सरकारले सञ्चालन गरिरहेको दूर शिक्षालगायत वैकल्पिक सिकाइ प्रणाली भने निरन्तर चलिरहेको छ।

 

प्रकाशित: Jul 20, 2020| 14:23 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्