बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा १९७ नमुना परीक्षण गर्दा एकमा मात्रै कोरोना पोजेटिभ

सुदूरपश्चिममा १९७ नमुना परीक्षण गर्दा एकमा मात्रै कोरोना पोजेटिभ

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा एक जनामा मात्रै कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

धनगढी- पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा एक जनामा मात्रै कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको परीक्षण गरिएको थियो। परिक्षणमा कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ की १५ वर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएको संख्या चार हजार ५५ पुगेको छ।

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट एक हजार ६ सय ७९ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले हिजो बेलुकासम्म एक हजार ६ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताए।

प्रकाशित: Jul 20, 2020| 14:10 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।