बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड पूर्वमाओवादी नेताहरुसँग छलफलमा, बादल र भट्ट गएनन्

प्रचण्ड पूर्वमाओवादी नेताहरुसँग छलफलमा, बादल र भट्ट गएनन्

पार्टी भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वमाओवादी नेताहरुसँग छलफलमा जुटेका छन् ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं- पार्टी भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वमाओवादी नेताहरुसँग छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले गरेको महाधिवेशनको प्रस्ताव मानेर अघि बढ्ने की माधव नेपाल पक्षलाई साथमा लिएर ओलीसँग संघर्ष गर्ने भन्ने विषयमा पूर्वमाओवादी स्थायी समिति सदस्यहरुसँग प्रचण्डले छलफल गरेका हुन् ।

छलफलमा ओली सरकारमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा बादल र वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सहभागी भएका छैनन् । बादल छलफलमा पुगेपनि एकछिनमा आउँछु भन्दै बैठक छाडेर हिडेका थिए भने भट्ट बैठकमा गएकै थिएनन् ।

बैठकमा ओलीको महाधिवेशन प्रस्तावमाथि समिक्षा भइरहेको एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा सहमाभगी अधिकांश नेताले ओलीले रणनीतिक ढंगबाट महाधिवेशनको प्रस्ताव ल्याएकाले सोचि सम्झि निर्णय गर्न सुझाव दिएका छन् ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले राजीनामाका लागि दबाब दिएपछि ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । उनको प्रस्तावमा प्रचण्डले सहमति जनाएको भन्दै माधवकुमार नेपाल लगायतका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

माधव नेपालको असन्तुष्टि र ओलीको महाधिवेशन प्रस्तावपछि प्रचण्डले आफू निकटका पूर्व माओवादी स्थायी समिति सदस्यसँग छलफल थालेका हुन् ।

 

प्रकाशित: Jul 20, 2020| 12:21 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।