बुधबार, भदौ १०, २०८३

दार्चुलामा पहिरोले घर बगायो, दुई जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

दार्चुला- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मृतक नौगाड गाउँपालिका-६, परिगाउँकी ४२ वर्षीया मानमती ठगुन्ना र मोहना ठगुन्नाकी पाँच वर्षीया छाेरी पार्वती ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालाय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।

पहिरोमा परेर २२ वर्षीय मोहना ठगुन्ना घाईते भएक छन् । उनलाई उपचारका लागि अस्पताल पठाईएको प्रहरी निरीक्षक जोशीले बताए ।

पहिरोले स्थानियका तीन वटा घर, विद्यालय, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट र खेतवारी समेत बगाएको प्रहरी निरीक्षक जोशीले बताए ।

अहिले पनि सो ठाउँका पाँच घर पहिरोको उच्च जोखीममा रहेको बताइएको छ । पहिरोले नौगाड गाउँपालिकाको वडा नम्बर १, २, ३ लगायतको बस्तीमा समेत क्षती पुगेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

प्रकाशित: Jul 20, 2020| 11:28 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।