काठमाडौं- सुनको मूल्य आज (सोमबार) दुई सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम थियो।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घटेर हजार रुपैयाँ कायम भएको छ।