नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा बाराका ४६ जना र पर्साका ४ जना कोरोना संक्रमित थपिएको अस्पतालले जनाएको छ।
नयाँ संक्रमितमध्ये बाराका ४६ जना देवतल गाउँपालिकाको क्वारेन्टिनका हुन् भने पर्साका चार जना होटल कुमु प्यालेसको क्वारेन्टिनमा बसेकाहरू छन् ।
नयाँ थपिएका संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन्।