बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका खोला-नदीमा उर्लियो बाढी, कहाँ कहाँ छ जोखिम ?

काठमाडौंका खोला-नदीमा उर्लियो बाढी, कहाँ कहाँ छ जोखिम ?

अहिले विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायतका खोलामा पानीको बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडक सम्म आउन सक्ने महाशाखाले जनाएको छ ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं- आइतबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरुमा बाढी आएको छ ।

अहिले पनि भइरहेको मध्यम वर्षासँगै काठमाडौँमा बग्ने खोलाहरुको जलस्तर बढ्दो क्रममा रहेको छ ।

अहिले विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायतका खोलामा पानीको बहाव सतर्कता नजिक छ । बाढी उर्लिएसँगै नदी र नालाको पानी सडकसम्म आउन सक्ने माैसम विभागले जनाएको छ ।

नदी आसपासको क्षेत्रमा बसोबास गर्दै आएकाहरुलाई विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ । अर्को ३ घण्टासम्म नदी आसपासमा खतरा रहेका सुरक्षित हुन महाशाखाले भनेको छ ।

कागेश्वरी–मनोहरा नगरपालिका–७ र ९ मनोहरा खोला करिडोर बस्ती, धोबीखोला करिडोर, मैतीदेवी र थापाथली, टुकुचा खोलाको आसपास क्षेत्रमा जोखिम बढेको छ ।

माैसम विभागका अनुसार प्रदेश नम्बर १, २ ५, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णली प्रदेश र सदुरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । वर्षासँगै यी क्षेत्रका नदी र खोलामा बाढीको जोखिम उच्च बनेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी नदीमा उल्लेख्य बहाब बढ्ने र सतर्कता तह पार गरी खतरा आसपास पुग्न सक्नेछ ।

यस्तै कोशी, कमला, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ लगायतमा पनि बहाब उल्लेख्य बढ्नेछ । यी नदिमा अकास्मिक रुपमा बाढी आउने जोखिम उच्च रहको महाशाखाले जनाएको छ ।

यस्तै मेचि, विरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया खोला, सुनसरी खोला, बुढीखोला, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया, पूर्वी राप्ती, अरुण खोला, तिनाउ, बाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याली, चौधरलगायत नदीमा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: Jul 20, 2020| 08:13 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।