बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवादमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुखद् : कोइराला

नेकपा विवादमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुखद् : कोइराला

सोमबार बिहानै ट्विट गर्दै डा. कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने सुझाव पनि दिएका छन्।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता देश र लोकतन्त्रको लागि अत्यन्तै दुखद् भएको बताएका छन्।

सोमबार बिहानै ट्विट गर्दै डा. कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने सुझाव पनि दिएका छन्।

'राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा, सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ। पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुखद् हो,' कोइरालाले भनेका छन्।

नेकपाभित्रको पछिल्लो विवादमा राष्ट्रपति सक्रिय भएपछि उनको चौतर्फी आलोचना भइरहेको छ।

प्रकाशित: Jul 20, 2020| 06:25 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।