बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा ८२.५१ प्रतिशत रोपाइँ

विराटनगर– प्रदेश १ मा आईतबार सम्म ८२.५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७


विराटनगर– प्रदेश १ मा आईतबार सम्म ८२.५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

धान रोपाइँ हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये २ लाख ८१ हजार २ सय २०.७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रदेश १ कृषि विकास निर्देशनालय विराटनगरका सूचना अधिकारी सरस्वती श्रेष्ठले बताईन ।

उनका अनुसार आईतबार सम्ममा सवैभन्दा बढी तराईको झापा र हिमाली जिल्लाको सोलुखुम्वुमा धान रोपाइँ भएको छ । दुवै जिल्लामा ९० प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

झापामा आईतबार सम्म ७८ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । हिमाली जिल्ला सोलुखुम्वुमा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये १ हजार ३ सय ७२ हेक्टरमा धान रोपाइँ सकिएको सूचना अधिकारी श्रेष्ठले बताइन् ।

प्रदेश १ को ओखलढुङ्गामा सवैभन्दा कम ५५ प्रतिशत धान रोपाइँ भएको छ । ओखलढुङ्गामा ४ हजार ४ सय ४ हेक्टरमा धान खेती हुने गरेकोमा आईतबार सम्म २ हजार ४ सय २१ हेक्टरमा मात्र धान रोपाइँ भएको छ ।

प्रदेश १ को हिमाली जिल्लामा २४ हजार १ सय १३ हेक्टर क्षेत्रफलमा धान खेती हुदैँ आएको छ । पहाडी जिल्लामा ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ । तराईका जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये तराईका जिल्लामा ८६ प्रतिशत अर्थात १ लाख ९३ हजार ५ सय ५५ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

हिमाली जिल्ला ताप्लेजुङमा खेती योग्य जमिन मध्ये ८५ प्रतिशत र संखुवासभामा ७५ प्रतिशत धान रोपाइँ भएको छ । पहाडी जिल्ला पाँचथरमा ७८ प्रतिशत, ईलाममा ७२ प्रतिशत भोजपुरमा ८४ प्रतिशत, तेह्रथुममा ७५ प्रतिशत, धनकुटामा ७० प्रतिशत, उदयपुरमा ७१ प्रतिशत, र खोटाङमा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

तराईको मोरंगमा ८५ र सुनसरीमा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिईन् । उनका अनुसार विगत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ छिटो भएको छ । मनसुन छिटो शुरु भएकाले समयमै धान रोपाइँ गर्न पाईएको मोरङ उर्लाबारीका किसान मदन दाहालले बताए ।

 

प्रकाशित: Jul 20, 2020| 05:40 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।