बुधबार, भदौ १०, २०८३

पहिरोले दोबिल्ला वस्ती र पुल जोखिममा

पोखरा– पोखराको दक्षिण पूर्वी क्षेत्रलाई जोड्ने दोबिल्ला वस्तीको फुस्रे खोलामा रहेको पुल बाढी पहिरोका कारण कमजोर बनेको छ ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

पोखरा– पोखराको दक्षिण पूर्वी क्षेत्रलाई जोड्ने दोबिल्ला वस्तीको फुस्रे खोलामा रहेको पुल बाढी पहिरोका कारण कमजोर बनेको छ ।

महानगरको वडा नं १७ र २१ जोड्ने सो पुलमा पहिरोले क्षति गर्दा त्यहाँको वस्ती समेत जोखिममा परेको छ भने सडक समेत जुनसुकै समयमा अवरुद्ध हुन पुग्ने अवस्थामा छ ।

यस वर्षको असार अन्तिम हप्ता परेको अविरल वर्षाले फुस्रे खोलामा आएको बाढीले पहिरो जाँदा स्थानीय प्रताप राना मगरको शौचालय, गोबर ग्याँस र गोठ बगाएको छ । असार ३१ गते राति परेको पानीले मगरको घर पछाडिको २० हातभन्दा धेरै जमिन खोलाले बगाएको छ । उनको घर दोबिल्ला पुलको नजिक छ । पहिरोले जोखिम बढेसँगै उनले घर छोडेका छन् ।

“पहिरोले घर पछाडि सबै बगायो । जोखिम बढेकोले अहिले बस्न छोडेका छौं,” रानामगर भन्छन् । दोबिल्ला पुलसँगै पूरै वस्ती पहिरोले जोखिममा परेको स्थानीय समाजसेवी अशोक रायमाझी बताउँछन् ।

उनी भन्छन् “पहिरोले पुल र वस्ती पूरै जोखिममा परेको छ । दोविल्लाको सडक र वस्तीमा गरी दूई सय मिटर जति कटान भएको छ ।” कटानबाट वस्तीको ३५ घर जोखिममा परेका हुन् ।

वस्तीका बासिन्दाले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जोखिम बारे जानकारी गराएका छन् । त्यसपछि प्रदेश सभा सदस्य कृष्ण थापा सहित वडाका प्रतिनिधिहरुले वस्ती र पुलको निरिक्षण गरेको स्थानीय बासिन्दाले बताएका छन् । तर जुन गतिमा जोखिम व्यवस्थापनका लागि काम गर्नु पर्ने हो, त्यो भने हुन नसकेको उनीहरुको गुनासो छ । जनप्रतिनिधिहरुले वर्षाको समयमा केही गर्ने नसक्ने भन्दै सुरक्षित रहन सुझाव दिएको स्थानीयको भनाइ छ ।

दोबिल्ला क्षेत्रको वस्ती, सडक र पुल विगत केही वर्षदेखि लगातार पहिरोको प्रकोपमा पर्दै आएको छ । फुस्रे खोलाले वर्षेनी कटान गर्दै जाँदा त्यस क्षेत्रको सडक समेत भासिएको छ । जिल्लाका दक्षिणपूर्वी भेग जोड्ने त्यो सडक हुँदै दैनिक सयाँै यातायातका साधन गुड्छन् ।

कुनै पनि बेला पुल र बाटो भत्कने अवस्थामा रहेको छ । यस खालको भयाबह अवस्था सामना गरेर बसिरहन परेको स्थानीय बताउँछन् । विगत वर्षमा पनि निर्वाचित जनप्रतिनिधिहरुले त्यो क्षेत्रको निरिक्षण गर्ने गरेका थिए । जनप्रतिनिधिहरुको बाक्लो आवत जावत भए पनि समस्या भने ज्यूँका त्यू छ ।

सडक डिभिजन कार्यालयले खोलामा थालेको तटबन्ध निर्माणको काम पनि अधूरो छ । तटबन्ध निर्माण समयमा पूरा भएको भए बाढी पहिरोको जोखिम कम भइ वस्ती सुरक्षित हुन सक्थ्यो । वस्ती सहित पुल जोगाउनका लागि गुरुयोजना बनाउन पनि स्थानीयले माग गरेका छन् । बाढीबाट जोगाउन खोलामा तटबन्धसँगै चेकड्याम पनि निर्माण गरिनु पर्ने स्थानीय बासिन्दा बताउँछन् ।

पोखरा सहित देश विदेशका पर्यटकहरुका लागि समेत यो क्षेत्र आकर्षक मानिन्छ । ओशो उपवन, साहारा फुटवल क्लव, पिकनिक स्पट सहित घुम्न लायक ठाँउहरुबाट नजिकै दोवल्लाको वस्ती रहेको छ । वडा नं १७ मा पर्ने यो वस्तीमा पाँच दशक भन्दा लामो समयदेखि बसोबास हुँदै आइरहेको छ ।

फुस्रे खोला माथिको पुलले गर्दा कास्की जिल्लाको दक्षिण पूर्वी भेग निर्मलपोखरी, भरतपोखरी, तनहुँ, स्याङ्जाको पश्चिम, पूर्वी भूभाग दिन प्रतिदिन विकासको गतिमा अघि मात्र नभइ कोत्रेदेखि पोखरा आउन जान, गाडीको बढ्दो चाप नियन्त्रमा मद्दतका साथै वैकल्पिक बाटो बन्न गएको छ ।

प्रकाशित: Jul 20, 2020| 05:38 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।