बुधबार, भदौ १०, २०८३

ओली–प्रचण्डबीच तीन घण्टा लामो छलफल

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (आइतबार) झण्डै ३ घण्टा लामो छलफल भएको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (आइतबार) झण्डै ३ घण्टा लामो छलफल भएको छ।

बालुवाटारमा दिउँसै छिरेका प्रचण्डसँग अध्यक्ष ओलीले लामै छलफल गरेका छन्। नेकपाको आजका लागि बोलाइएको स्थायी कमिटी बैठक ६ गतेका लागि स्थगित गरेपछि दुई अध्यक्षबीच भेटवार्ता भएको हो।

दुई अध्यक्षबीचको छलफलमा प्रचण्ड निकट नेता जनार्दन शर्मा र ओली निकट नेकपा महासचिव विष्णु पौडेल सहभागी भएका थिए।

बैठकमा के विषयमा छलफल भयो, सहमति जुट्यो जुटेन भन्नेबारे कुनै पनि नेताले केही प्रतिक्रिया दिएका छैनन्।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा झण्डै एक महिनादेखि विवाद चुलिएको छ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु ओलीले राजीनामा दिनै पर्ने अडान र ओली राजीनामा कुनै पनि हालतमा नदिने अडानमा रहेका कारण विवाद जारी छ।

हिजो (शनिबार) बसेको सचिवालय बैठकमा पनि दुबै पक्ष आआफ्नो अडानमा रहेका थिए। बरु बैठकमा अध्यक्ष ओलीले आगामी मंशिरमा एकताको महाधिवेशन गर्ने प्रस्ताव राखेर विषयान्तर गर्ने प्रयास गरेका थिए।

उनको प्रस्तावमा हिजो साँझ प्रचण्डले सामान्य सहमति जनाए पनि आज भने उक्त विषयमा आफूले सहमति नजनाएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: Jul 19, 2020| 20:08 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।