काठमाडौं- न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि भएको परिक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ।
आयोगले गत चैतमा लिएको लिखित परिक्षाको नतिजाअनुसार एक जना पनि महिला उर्त्तिण भएनन्।
जिल्ला न्यायाधीशमा आन्तरिक प्रतिस्पर्धाबाट ४० प्रतिशत, खुलाबाट ४० प्रतिशत र फाइल बढुवाबाट २० प्रतिशत नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
आयोगका अनुसार आन्तरिक खुला तर्फको १४ सिटमा १६, खुलाको ९ सिटमा २६, महिला एकमा शुन्य, आदिवासी जनजाति २ सिटमा शून्य मधेसी एक पदका लागि दुई जना, अपांग एक पदका लागि एक र पिछडिएको क्षेत्र एक पदका लागि शून्य नतिजा छ।