बुधबार, भदौ १०, २०८३

झमकलाई घर हस्तान्तरण

साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ। घर हस्तान्तरण प्रधानमन्त्री पत्नी राधिका शाक्यले गरेकी हुन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं– साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ। घर हस्तान्तरण प्रधानमन्त्री पत्नी राधिका शाक्यले गरेकी हुन्।

'घिमिरेलाई मात्र नभई हामीले समाजका दुःख पाएका हरेक व्यक्तिलाई हाम्रो सामथ्र्यले भ्याएसम्म सहयोग गरिरहेका छौं', उनले भनिन्।

२०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उनले बताइन्।

धनकुटा कचिडेकी घिमिरे जन्मिँदैदेखि मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित छिन्। उनी बोल्न र हिँडडुल गर्न सक्दिनन्।

खुट्टाको तीन वटा औंला मात्रै चल्ने उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनले आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाएकी थिइन्।

उनकै सम्मानमा सरकारले पाँच वर्षअघि घर निर्माण गर्ने घोषणा गरेको थियो। त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्षअगाडि थालिएको थियो।

एक करोड ८० लाखको लागतमा निर्माणार्थ उक्त घर तीनतले छ। उक्त घर प्रधानमन्त्री पत्नी शाक्यको रेखदेखमा निर्माण सम्पन्न भएको हो। काठमाडौंको गोठाटारमा बनेको घर घिमिरेको ४० औं जन्मोत्सवका अवसरमा हस्तान्तरण गरिएको हो। -रासस

प्रकाशित: Jul 19, 2020| 18:27 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।