बुधबार, भदौ १०, २०८३

चारवर्षे रणनीतिक योजना लागू गर्दै धितोपत्र बोर्ड

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चारवर्षे रणनीतिक योजना तयार गरी लागू बताएका हुन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सबोन) ले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकासका लागि चारवर्षे रणनीतिक योजना (आव २०७७/७८–२०८०/८१) तयार गरी लागू गर्ने भएको छ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चारवर्षे रणनीतिक योजना तयार गरी लागू बताएका हुन्।

बोर्डले साना तथा मझौला कम्पनीका लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्न नेप्सेलाई सहजीकरण गर्ने भएको छ।

धितोपत्र बजारमा सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) मार्फत एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापन गर्ने, अर्थतन्त्रसँग सम्बन्धित नीति निर्माण अनुसन्धान गर्ने, विश्वविद्यालयसँग सम्झौता गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन तथा सुधार सम्बन्धमा नीतिगत अध्ययन अनुसन्धान गर्ने नीति बोर्डले लिएको छ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ संशोधनका लागि मस्यौदा तयार बनाउने, धितोपत्र बजारसम्बन्धी जनचेतना फैलाउने, धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालन गर्न आवश्यक कार्यविधि बनाउने लगायतका योजना बोर्डले ल्याएको छ।

 

प्रकाशित: Jul 19, 2020| 18:13 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्