बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले अनुमति दिए पशुपति मन्दिर खोल्न कोष तयार, पहिलो सोमबार भने नखुल्ने

सरकारले अनुमति दिए पशुपति मन्दिर खोल्न कोष तयार, पहिलो सोमबार भने नखुल्ने

साउनको पहिलो सोमबार अर्थात् भोलि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ। प्रत्येक वर्ष साउनमा दर्शनार्थीका लागि विशेष रुपमा खोलिने पशुपति मन्दिर यसपटक कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नखुल्ने भएको हो।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

साउनको पहिलो सोमबार अर्थात् भोलि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ। प्रत्येक वर्ष साउनमा दर्शनार्थीका लागि विशेष रुपमा खोलिने पशुपति मन्दिर यसपटक कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नखुल्ने भएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार सरकारले लकडाउनको अवधिमा मठमन्दिर पनि नखोल्ने निर्णय गरेकाले अन्य नित्य पूजा भए पनि भक्तजनका लागि बन्द गरिएको हो।

विशेषतः साउनको महिनामा भक्तजनको चाप अत्यधिक हुने भएकाले मन्दिर खुलाउँदा पुजारीका साथै भक्तजनमा पनि कोरोनाको डर हुने भएकाले मन्दिर नखोल्ने निर्णय गरिएको उनले बताए।

‘सरकारले लकडाउनको अवधि साउन ७ गतेसम्म तोकेको छ। भिडभाड हुने कारण भक्तजनको लागि बन्द गरिए पनि नित्य पूजाआजा भने भइरहेको छ। तर सरकारले खोल्ने निर्णय गरेमा हामीले कसरी खोल्ने भनेर तयारी गरिरहेका छौं,’ ढकालले भने।

सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म दर्शनार्थीका लागि मन्दिर बन्द रहने छ। ‘भोलि सोमबार औंसी भएकाले विशेष दिन हो। त्यसैले नित्यपूजा सँगै औंसीको विशेष पूजा पनि हुन्छ,’ ढकालले भने।

प्रकाशित: Jul 19, 2020| 18:09 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।