बुधबार, भदौ १०, २०८३

सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४ हजार ५४ पुगेको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

धनगढी- पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४ हजार ५४ पुगेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २४ र डडेल्धुरा प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनगढीस्थित सेती अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २४ जना र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा डडेल्धुराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३६४ जनामा गरिएको परिक्षणमा ५ महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा फेला परेका कोरोना संक्रमित सबै कैलाली जिल्लाका रहेका छन्।

सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आज (आइतबार) फेला परेका कोरोना संक्रमितमध्ये कैलालीको बर्दगोरिया गाउँपालिकाका ८ जना, जोशीपुर गाउँपालिकाका ७ जना, गौरीगंगा नगरपालिकाका ५ जना, टीकापुर नगरपालिकाका ४ जना रहेका छन्।

आज फेला परेका कोरोना संक्रमित मध्ये १५ महिने दुधे बालकसमेत रहेका छन्। उनी गौरीगंगा नगरपालिकाका हुन्।

संक्रमितमध्ये १ हजार ६ सय ७० डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: Jul 19, 2020| 17:06 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।