बुधबार, भदौ १०, २०८३

पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कुल संख्या १७ हजार ६५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ७४१ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए

डा‍ गाैतमका अनुसार हाल देशका विभिन्न क्वारेन्टिनमा २२ हजार ६६२ जना रहेका छन्।

गत २४ घण्टामा ५८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ छ।

अहिले देशभरका विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ५ हजार ९२३ छ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४० जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 19, 2020| 16:26 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।