बुधबार, भदौ १०, २०८३

सांसद ज्वारचनले लिइन् सपथ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गुल्मीकी सुवर्ण ज्वारचनले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेकी छन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गुल्मीकी सुवर्ण ज्वारचनले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेकी छन्।

आइतबार सभामुख अग्नी सापकोटाले ज्वारचनलाई संघीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराएका हुन्।

ज्वारचनले आइतबार दिउँसो २ बजे सपथ ग्रहण गरेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

बागलुङबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद ज्ञान कुमारी छन्त्यालको निधन भएपछि समानुपातिकको सूचीमा दोस्रो स्थानमा रहेकी ज्वारचनले सांसद बन्ने अवसर पाएकी हुन्।

प्रकाशित: Jul 19, 2020| 15:36 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।