धनगढी- कैलालीमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये बर्दगोरियाका सबैभन्दा बढी आठ जना छन्।
यस्तै, जोशीपुर गाउँपालिकाका सात, गौरीगंगा नगरपालिकाका पाँच र टीकापुर नगरपालिकाका चार जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
यससँगै कैलालीमा कूल संक्रमितको संख्या एक हजार ६१ पुगेको छ।