बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल चोर्ने १४ जना पक्राउ, यातायातकै कर्मचारी नक्कली ब्लुबुक बनाउन सक्रिय

मोटरसाइकल चोर्ने १४ जना पक्राउ, यातायातकै कर्मचारी नक्कली ब्लुबुक बनाउन सक्रिय

दाङमा प्रहरीले चोरीका मोटरसाइकलसहित १४ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- दाङमा प्रहरीले चोरीका मोटरसाइकलसहित १४ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

विभिन्न ठाउँबाट मोटरसाइकलसहित पक्राउ परेका १४ जनालाई जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१३ का सञ्जय परियार, घोराही–१४ का समिर सुनार, सुवास सार्की, केन्द्रबहादुर डाँगी, घोराही–१६ का सागर हमाल र घोराही–१७ का निरज योगी छन्।

यस्तै लमही नगरपालिका–७ का धनीराम चौधरी, हेमन्त गिरी, पाल्टुराम चौधरी, प्रकाश चौधरी, राजपुर–२ का रविप्रताव बुढा, राजकुमार यादव, प्रियतम चौधरी र आयोज चौधरी चोरीका मोटरसाइकलसहित पक्राउ परेका छन्।

उनीहरुले विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने र बेच्नेसमेत गर्दै आएको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।

यस्तै प्रहरीले सरकारी छाप किर्ते बनाई नक्कली ब्लुबुक बनाएको अभियोगमा यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर उपमहानगरपालिका–४ का ४८ वर्षीय कृष्णप्रसाद खनाललाई पनि पक्राउ गरेको छ।

खनालसहित तुलसीपुर–६ का अब्दुल हफिस सिद्धिकी, तुलसीपुर–५ का चक्रबहादुर वली, जीवन पोख्रेल र विष्णु घिमिरेलाई पनि लु४६प ३५४१ नम्बरको सवारी दर्ता किताबसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, ब्लुबुक, निरोगिताको दस्तखतसहित पक्राउ गरिएको एसपी चन्दले जानकारी दिए।

प्रकाशित: Jul 19, 2020| 14:39 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।