बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लागुऔषध कारोबारीबाट नक्कली नेपाली तथा भारतीय नोट बरामद

लागुऔषध कारोबारीबाट नक्कली नेपाली तथा भारतीय नोट बरामद

बारामा लागुऔषध कारोवारीबाट नक्कली नेपाली र भारतीय रुपैयाँ बरामद गरिएको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- बारामा लागुऔषध कारोवारीबाट नक्कली नेपाली र भारतीय रुपैयाँ बरामद गरिएको छ।

महागढीमाई नगरपालिका–२, बरियापुरस्थितबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र एक लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारत, मोतिहारी थाना मजौर पञ्चायत जमुनियाका २५ वर्षीय सुधिरकुमार कुशहवा, बाराको सिम्रनगढ नगरपालिका–४ का २६ वर्षीय मनोज साह तेली र आदर्श कोटवाल गाउँपालिका–६, पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशहवा छन्।

अवैध लागुऔषध तथा नक्कली नोट कारोवार भइरहेको सूचनाका आधारमा पुगेको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले ना.५४प ३८०५ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले प्लास्टिकको बोरामा लुकाइछिपाई राखिएको अवस्थामा उक्त परिमाणको नक्कली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट नक्कली नेपाली रूपैयाँ एक हजार दरको एक हजार चार सय ७० थान, एक सय दरको सात सय ४४ थान तथा भारतीय नक्कली रुपैयाँ पाँच सय दरको दुई सय ९७ थान र ५० दरको सात सय तीन थान प्रहरीले बरामद गरेको छ।

उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jul 19, 2020| 14:20 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।